२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

केन्द्रिय कमिटी बैठकमा किसान श्रेष्ठ अनुपस्थित भएपछि माधव नेपाललाई तनाब



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या २५९
  • शुक्रबार (आज) बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अनुपस्थित एकीकृत समाजवादीका केन्द्रीय सदस्य किसान श्रेष्ठलाई अध्यक्ष माधवकुमार नेपालले फोन गरेका छन्।

    श्रेष्ठलाई फोन गरेर अध्यक्ष नेपालले 'बैठकमा किन आउनुभएन ?' भनेर सोधेका छन्। श्रेष्ठले भने, 'माधव नेपालजीले अघि फोन गरेर किन आउनुभएन भनेर भन्दै हुनुहुन्थ्यो। मैले प्रयागराज गएको थिएँ, आजै मात्रै आइपुगेको गलेको छु, आराम गर्दैछु भनेँ।'

    बारामै रहेका उनलाई भोलिको बैठकमा जानुहुन्छ भनेर जिज्ञासा राख्यौँ। जवाफमा श्रेष्ठले टुङ्गो नभएको बताए। 'जानुपर्छ कि जस्तोचाहिँ लागेको छ। खै के हुन्छ हेरौँ,' उनले भने।

    त्यसो त श्रेष्ठ गत असारमा सम्पन्न पार्टीको महाधिवेशनयता सन्तुष्ट छैनन्। सकेसम्म पार्टीका सबै पदाधिकारी र सदस्य निर्वाचित हुनुपर्ने माग गरेका थिए। तर, पछि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत भए। त्यसपछि पनि बाँकी पदाधिकारी र सदस्यमा निर्वाचन हुनुपर्ने अडान श्रेष्ठले लिएका थिए।

    तर, सदस्यमा निर्वाचन भएन। पछि अध्यक्ष माधवकुमार नेपालले ९३ केन्द्रीय सदस्यको नाम घोषणा गरे। त्यसमा पनि उनी परेनन्। त्यसयता उनी पार्टीमा सक्रिय छैनन्। अब के गर्नहुन्छ भन्ने प्रश्नमा उनले भनेका छन्, 'म पार्टीको भन्दा पनि जनताको काममा छु। जनताकै काम गर्छु।'

    नागरिक न्युज डटकमबाट साभार