२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

चुरे दोहन र वन विनाशविरुद्ध संघर्ष गर्छौँः अध्यक्ष महतो



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या ११४
  • राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश र मधेस सरकारको वेथितिविरुद्ध संघर्ष जारी राख्ने बताएका छन्।

    सोमबार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रिय कार्यसमितिको विस्तारित बैठकमा उनले यस्तो घोषणा गरे।

    अध्यक्ष महतोले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक विस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताए। उनले चुरे दोहन, वन विनाश र मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेका आन्दोलनहरूका विषयमा परिषद् बैठकमा छलफल भएको जानकारी दिए।

    उनले भने, “संघर्षका सम्बन्धमा हामी यहाँ छलफल गरिरहेका छौं। आगामी दिनमा गरिने संघर्षका बारेमा आवश्यक निर्णय लिइनेछ। कोशी प्रदेश नाम खारेजीको संघर्ष, मधेस सरकारको वेथितिविरुद्धको संघर्ष, चुरे दोहन, गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष, उपत्यकाको गैरन्यायिक सडक विस्तार र खोला-नदी मापदण्डविरुद्धको संघर्षमा हाम्रो सहभागिता जारी रहनेछ।” 

    बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद् सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। विविध विषयमा छलफल तथा निर्णय गर्न सोमवार बसेको परिषद् बैठक मंगलवारसम्म जारी रहने पार्टीले जनाएको छ।