२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

झापाबाट सुरु भयो जनतासँग माओवादी तराई–मधेश जागरण अभियान



  • नयाँ इतिहास
  • २ महिना अघि
  • पाठक संख्या ११२
  • नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई–मधेश जागरण अभियान उद्घाटन गरिएको छ।

    झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन्। झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ।

    अभियानमा अध्यक्षदेखि उपमहासचिवसम्म केन्द्रीय पदाधिकारीसहित सम्बन्धित प्रदेश, जिल्ला र पालिकाका सम्पूर्ण नेता–कार्यकर्ता परिचालित हुनेछन्। केन्द्रीय अभियान टोली एक जिल्लामा एक दिन रहनेछ भने स्थानीय टोली एक महिनासम्म पूर्ण रूपमा परिचालित हुनेछ।

    गत पुस २१–२३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो। यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुने माओवादीले जनाएको छ।