२९ चैत २०८१ शुक्रबार | 11 Apr 2025 Fri

निजगढको गौरीशंकर क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका हुमागाईं विजयी



  • नयाँ इतिहास
  • ३ हप्ता अघि
  • पाठक संख्या १८६
  • बारा — बाराको निजगढस्थित गौरीशंकर सामुदायिक क्याम्पसकौ स्ववियु अध्यक्षमा एमाले निकट अनेरास्ववियुका बालकृष्ण हुमागाईं विजयी भएका छन् । उनले कांग्रेस निकटका नेविसंघका अध्यक्षका उम्मेदवार बाबा लामा बोम्जनलाई ३ मतले पराजित गरी विजयी भएका हुन् ।

    हुमागाईंले १ सय ३५ मत प्राप्त गरे । बोम्जनले १ सय ३२ मत प्राप्त गरे । यो क्याम्पसमा पहिलोपटक स्ववियु निर्वाचन भएको हो । 

    सचिव पदमा भने नेविसंघकी प्रवना लामा विजयी भएकी हुन् । उनले एक सय २४ मत ल्याउँदा अनेरास्ववियुकी प्रेक्षा उप्रेतीले एक सय १७ मत प्राप्त गरेकी थिइन् । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विशाल तिमल्सिनाले ८१ मत प्राप्त गरेका थिए ।

    कोषाध्यक्ष पदमा नेविसंघकै कुँवरले एक सय ३७ मतसहित जित हासिल गरेका छन् । कोषाध्यक्ष पदमा अनेरास्ववियुकी ललिता सापकोटाले एक सय मत प्राप्त गरिन् भने क्रान्तिकारीकी स्मृति उप्रेतीले ७० मत प्राप्त गरेकी थिईन् ।

    कुल तीन सय ६८ मतदाता रहेको निर्वाचनमा तीन सय ३३ जनाले मतदान गरेका थिए ।