जीतपुरसिमरा उपमहानगरपालिका १६ का वडाध्यक्ष हरिदेव खरेलले मेलमिलापको विकल्प थिएन भन्ने कुरा पुष्टि भएको बताएका छन् ।
उपमहानगरपालिकाको शनिवार सम्पन्न एघारौं नगर सभामा दलगत प्रतिनिधीत्वका आधारमा सम्बोधन गर्दै वडाध्यक्ष खरेलले दशौं नगरसभाका क्रममा भएका असहमती र त्यसका कारण उत्पन्न परिस्थितीको स्मरण गराउँदै मेलमिलापको आवश्यक्ता बोध गरेका सबैलाई धन्यबाद दिए ।
‘आम नगरबासीको चाहना हामी विचको मेलमिलापनै थियो, जसलाई हामी सबैले महशुस गरेका छौं र त्यसै अनुरुप एकताको सन्देश स्वरुप एघारौं नगर सभामा सहमती र सहकार्यका आधारमा उपस्थित भएका छौं’ खरेलले भने ।
दशौं नगरसभामा भएका घटना र उपमहानगरबासीले देखेका दृश्यहरुका कारण के हुन् भन्ने नगरबासीले बुझिसकेको र अब मेलमिलापका साथ अघि बढ्न सबै तयार रहेको खरेलको भनाई थियो । ‘हिजो भएका घटना र त्यसका कारण तर्फ नभई अब एकता र मेलमिलापबाट उपमहानगरपालिकाको विकासका निम्ति हामी एकवद्ध छौं’ खरेलले भने ।
प्रतिक्रिया दिनुहोस