सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका १८ का वडाध्यक्ष चतुरवावु वाग्लेले पत्रकारहरु धमिलो ऐना बनिदिंदा समाजमा सन्तुलित सन्देश प्रवाह नभएको गुनासो गरेका छन् ।
उपमहानगरपालिकाको शनिवार सम्पन्न एघारौं नगर सभामा दलगत प्रतिनिधीत्वका आधारमा सम्बोधन गर्दै वडाध्यक्ष वाग्लेले जीतपुरसिमरा उपमहानगरपालिकाका सम्बन्धमा पत्रकारहरुले समाजलाई धमिलो ऐना देखाएको गुनासो गरे । ‘पत्रकारहरु समाजका ऐना हुन्, पत्रकारले देखाएका विषय समाजले हेर्ने हो, तर उपमहानगरका सवालमा पत्रकारले समाजलाई धमिलो ऐना देखाईरहेका छन्’ वडाध्यक्ष वाग्लेले भने । ‘हाम्रो खबरदारी गर्नुस तर तपाँईहरु धमिलो ऐना नबनिदिनुस्’ वाग्लेले भने ।
नेपाली काँग्रेसबाट वडाध्यक्ष निर्वाचित वाग्लेले नगर सभालाई सम्बोधन गर्दै आपसी सहमती र सहकार्यबाट उपमहानगरको विकासका लागि आफू र आफ्नो दल प्रतिवद्ध रहेको बताए ।
प्रतिक्रिया दिनुहोस