१६ जेठ २०८२ बिहिबार | 29 May 2025 Thu

‘जय जय जनकपुर बोल्ट्स’ भन्दै जनकपुरधाममा खुशीयाली



  • नयाँ इतिहास
  • ५ महिना अघि
  • पाठक संख्या ७३
  • जनकपुरधाम : जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको खुशियालीमा जनकपुरधामका युवा तथा खेलाडीहरूले दीप प्रज्वलन गरेका छन्।

    बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेपछि जनकपुरधामका युवा तथा खेलाडीहरूले स्थानीय रामानन्द चौकमा दीप प्रज्वलन गर्दै टिमलाई धन्यवाद ज्ञापन गरेका हुन्।

    कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो। जनकपुर बोल्ट्सले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार भिडन्त गर्नेछ।