१६ जेठ २०८२ बिहिबार | 29 May 2025 Thu

पत्रकार महासंघ बाराको अक्षय कोषमा पुर्वमन्त्री श्रेष्ठको एकलाख सहयोग



  • नयाँ इतिहास
  • ५ महिना अघि
  • पाठक संख्या २०५
  • सिमरा : पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले पत्रकार महासंघ बाराको अक्षयकोषमा एकलाख रुपैयाँ सहयोग गरेका छन् । 
    बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका श्रेष्ठले पत्रकार महासंघ बाराको नवनिर्वाचित टिमलाई सिमरास्थित निवासमा शुक्रबार विहान सम्मान गर्दै अक्षय कोषमा सहयोगको घोषणा गरेका हुन् । 
    पूर्व मन्त्री श्रेष्ठले आफ्ना बुवा स्व.केवलबहादुर श्रेष्ठको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने गरी सहयोग प्रदान गर्नुभएको पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार महासंघको बैठकले सो सम्बन्धमा थप निर्णय गर्नेछ ।