सिमरा : पूर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य किसान श्रेष्ठले एनपिएलका क्रममा जनकपुर बोल्ट्सका समर्थकमाथि भएको घटनाको निन्दा गरेका छन् ।
नयाँ इतिहाससंगको कुराकानीमा मन्त्री श्रेष्ठले जनकपुरमाथी भएको व्यवहारले मुलुकमा साम्प्रदायकिताको विजारोपण गर्न चाहनेलाई बल पुग्ने भन्दै गृह प्रशासनले तुरुन्तै कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
जनकपुरका समर्थकप्रति भएको नश्लीय र साम्प्रदायिक व्यवहार दुःखद रहेको बताउँदै पूर्व मन्त्री श्रेष्ठले घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। पूर्व मन्त्री श्रेष्ठले भनेका छन् । सिमरा
प्रतिक्रिया दिनुहोस