१६ जेठ २०८२ बिहिबार | 29 May 2025 Thu

जीतपुरसिमराका जनप्रतिनिधीको ‘धोती खोल्ने’ काँग्रेस नेता गुप्ताको चेतावनी



  • नयाँ इतिहास
  • ५ महिना अघि
  • पाठक संख्या ४४४
  • सिमरा : नेपाली काँग्रेसका महासमिती सदस्य श्यामबाबु गुप्ताले जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधीहरु नसच्चिए भण्डाफोर अभियान सञ्चालन गर्ने चेतावनी दिएका छन् । 

    आइतबार सामाजिक सञ्जाल मार्फत अभिव्यक्ति सार्वजनिक गर्दै काँग्रेस नेता गुप्ताले निर्वाचित भएको दुई बर्ष सम्म जनप्रतिनिधीले तलब खाने बाहेकको केहि काम नगरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । 

    नेपाली काँग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थापक सभापति समेत रहेका गुप्ताले सामाजिक सञ्जालमा लेखेका छन् ‘ चुनाबी नारा गज्जब गज्जबका थिए । तर, बिहानभरी जगदम्बाको धुलो हावा, दिउसोमा सुर्य नेपालको स्टिम खार र रातीमा जस्तापाताको केमिकलले जीतपुरसिमरालाई गिज्याईरहेको छ । सिमरामा हाम्रो पुस्तासम्म रोगसँग लडेर बसिरहेकै छन् । अब नयाँ पुस्ता कसरी बस्ने र? सिमराबासीको गुहार कस्ले सुन्ने ?’ 

    चुनाबमा ठुला कुरा गर्ने तर निर्वाचित भएपछि जनताका समस्यालाई नसुन्ने प्रबृतिको विरोध गरेका गुप्ताले चुनाबका नारा के थिए भन्ने प्रश्न जनप्रतिनिधीहरुलाई गरेका छन् । 

    १ सय २५ जना जनप्रतिनिधी रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका  जनप्रतिनिधीलाई उनले विलासी जीवन विताइरहेको आरोप समेत लगाएका छन् । ‘हिजो खल्तीमा पाँचसय नहुनेहरु आज साँझ परेपछि होटल–होटलमा देखिन्छन्’ गुप्ताले सामाजिक सञ्जालमा लेखेका छन् ।