सिमरा : ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक चिरन्जीवी दाहालको सरुवा भएको छ । १० महिना अघि ईलाका प्रहरी कार्यालय सिमराको कमाण्ड सम्हालेका प्रहरी नायब उपरिक्षक दाहाललाई प्रहरी प्रधान कार्यालयले ३ महिना अवधि बाँकी छँदै सरुवा गरेको हो । दाहालको जिल्ला प्रहरी कार्यालय गुल्मी सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय सिमराको प्रमुखमा डिएसपी शुभद्रा लामा वाईवालाई पठाएको छ । हाल प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत वाईवालाई सिमराले पहिलो पटक महिला प्रहरी प्रमुखका रुपमा स्वागत गर्ने अवसर पनि पाएको छ ।
नेपाल प्रहरीको प्रहरी नीरिक्षकका रुपमा २०७० बाट सेवा प्रवेश गरेकी वाईवा २०८० जेठमा डिएसपीमा बढुवा भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस