३ बैशाख २०८२ बुधबार | 16 Apr 2025 Wed

तराई यातायात व्यवसायी संघ सिमराको १८ औं बार्षिक साधारण सभा सम्पन्न



  • नयाँ इतिहास
  • ४ दिन अघि
  • पाठक संख्या १५४
  • नारायण पौडेल
    सिमरा :  
    तराई यातायात व्यवसायी संघ सिमराको १८ औं बार्षिक साधारण सभा शनिवार सिमरामा सम्पन्न भएको छ ।
    गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न संघको बार्षिक साधारण सभाले अध्यक्ष ओमकृष्ण कार्की, महासचिब अर्जुन अधिकारी र कोषाध्यक्ष रमेश घिमीरेद्वारा प्रस्तुत संगठनात्मक तथा आर्थिक प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ । 

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, कृष्णकुमार श्रेष्ठ, पुर्वमन्त्री फरमुल्लाह मंसुर, मधेश प्रदेशका अर्थमन्त्री सुनील कुमार यादव, नेपाली काँग्रेस मधेश प्रदेशका सभापति तथा प्रदेश सभा संसदीय दलका नेता कृष्ण यादव, संघका सल्लाहकार शम्भुबहादुर बुढाथोकी, नेपाल ट्रक यातयात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव राजेन्द्र विक्रम बानियाँ, यातायात व्यवसायी जगन्नाथ प्रसाद कलवार, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद लामिछाने लगायतले सम्बोधन गरेका थिए । 

    यातायात व्यवसायीले उठाएका समस्या र स्थानीय जनताका विषयमा बारा तथा मधेश प्रदेशका सांसदहरुले उठाएका समस्याका विषयमा गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्दै समाधानको उपाय खोज्ने प्रतिवद्धता व्यक्त गरेका  थिए । 

    कार्यक्रममा उत्कृष्ट कर्मचारी पुरस्कार तराई यातायातका बरिष्ठ चालक राधाकृष्ण भण्डारी र नारायणगढ शाखाका दुर्घटना अधिकृत विमल आचार्य दुईजनालाई प्रदान गरिएको थियो । तराई यातायात पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका उपेन्द्र ठाकुरलाई सम्मान गरिएको छ । 

    कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, मधु शाही, मधेश प्रदेश सभा देवनारायण चौधरी, जितेन्द्र सोनल, माला लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमूख राजन पौडेल, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी,  नेपाली काँग्रेस मधेश प्रदेशका सहमहामन्त्री जयनारायण यादव, बाराका प्रमूख जिल्ला अधिकारी बसन्त अधिकारी, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानीरिक्षक लालमणी आचार्य, सशस्त्र प्रहरी बल मधेशका प्रमुख सशस्त्र प्रहरी नायब महानीरिक्षक कालिदास धौवजी, राष्ट्रिय अनुसन्धान विभाग मधेश प्रधेशका अनुसन्धान निर्देशक माधव तिमल्सिना, पर्सा राष्ट्रिय निकुञ्ज, आधाभार बाराका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडा, आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्ड,े ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी प्रमुख एसपी भिमकिरण बोगटी, जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामांग, सशस्त्र प्रहरी उपरिक्षक खुमबहादुर केसी, राष्ट्रिय अनुसन्धान विभाग बाराका उप–अनुसन्धान निर्देशक  दिपक खड्का, इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख डिएसपी शुभद्रा लामा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पुर्व अध्यक्ष अर्जुन रानाभाट, नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलज्यु, ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधव नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णुप्रसाद न्यौपाने, सहकोषाध्यक्ष, राजन केसी, मधेश प्रदेश संयोजक ध्रुव अर्याल,  बागमती संयोजक, अर्जुनबहादुर सापकोटा, लुम्बीनी प्रदेश संयोजक यमप्रसाद पाण्डे लगायतको उपस्थिती रहेको थियो ।